काठमाडौं।नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सम्पन्न भएको छ। मंसिर ८ गतेदेखि सुरु भएको बैठक पार्टीका विभिन्न समसामयिक विषयमा छलफल गर्दै टुंगिएको हो।

ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको बैठकका निर्णय भने शनिबार सार्वजनिक गरिने भएको छ।

ad

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकबाट भएका निर्णय शनिबार दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरिनेछ।

बैठकमा पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखेका थिए। छलफलमा उपसभापतिद्वय पुष्पा भुसाल र डा. चन्द्रकान्त भण्डारी, महामन्त्रीत्रय प्रदीप पौडेल, डा. डिला संग्रौला पन्त र उदयशम्शेर राणासहितका नेताहरू सहभागी थिए।

त्यसैगरी, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सहमहामन्त्री तथा अन्य केन्द्रीय सदस्यहरूको पनि बैठकमा उपस्थिति रहेको थियो।

बैठकमा उठेका विषय र पारित निर्णयबारे शनिबार हुने पत्रकार सम्मेलनबाट विस्तृत जानकारी दिइने पार्टीले जनाएको छ।