काठमाडौं।नेपाली कांग्रेसले नेतृ सुजाता कोइरालासहित ६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकले कोइरालासहित विभिन्न नेतृहरूलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय गरेको हो।

ad

मनोनीत हुने अन्य नेतृहरूमा ईश्वरी न्यौपाने, चन्दा चौधरी, लक्ष्मी पाण्डे, साहजान खातुन र निपा चोख्याल रहेका छन्।

पार्टीको जारी बैठकबाट उनीहरूलाई केन्द्रीय समितिमा समेट्ने निर्णय गरिएको हो। यससँगै कांग्रेसको केन्द्रीय कार्यसमितिमा ६ जना महिला नेतृ थपिएका छन्।