
काठमाडौं।नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ।
मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालयमा जारी बैठक थप छलफलका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार बैठक बिहीबार बिहान ११ बजे पुनः सुरु हुनेछ।
पार्टीभित्र पछिल्लो समय देखिएको आन्तरिक विवाद, निर्वाचन आयोगले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई गरेको अद्यावधिक तथा समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल भइरहेको छ।









Facebook Comments