गोरखा।सभामुख डोलप्रसाद अर्यालले बूढीगण्डकी जलविद्युत् आयोजना कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र पक्की पुल निर्माणको शिलान्यास गरेका छन्।

बुधबार गोरखाको गण्डकी गाउँपालिका–घ्याल्चोकस्थित सिउरेनीटारमा आयोजित कार्यक्रममा सभामुख अर्यालले दुवै पूर्वाधार आयोजनाको शिलान्यास गरेका हुन्।

ad

शिलान्यास समारोहमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वाधारमन्त्री सुनिल लम्साल, गोरखा र धादिङ जिल्लाका सांसदहरू तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

बूढीगण्डकी जलविद्युत् आयोजना कम्पनीको संस्थागत तथा प्रशासनिक कामकाजलाई व्यवस्थित गर्न कार्यालय र आवास भवन निर्माण गर्न लागिएको हो। त्यस्तै, शिलान्यास गरिएको पक्की पुलले स्थानीय आवागमन तथा यातायात सुविधामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा आयोजना निर्माणसँग सम्बन्धित पूर्वाधार विकास र स्थानीय आवश्यकताका विषयसमेत प्राथमिकतामा रहेका थिए।