काठमाडौं।नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर ५ गते मंगलबार बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनाअनुसार बैठक मंसिर ५ गते दिउँसो १ बजे ललितपुरस्थित बीपी स्मृति भवन, बीपी नगरमा बस्नेछ।

ad

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।

पार्टी केन्द्रीय कार्यालयले निर्देशनअनुसार बैठकमा उपस्थित हुन सम्बन्धित सबै पदाधिकारी तथा सदस्यहरूलाई आग्रह गरेको हो।