काठमाडौं ।भारतको दुईदिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किएका छन्। उनी केहीबेरअघि नयाँ दिल्लीबाट काठमाडौंका लागि प्रस्थान गरेका हुन्।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई भारतीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादसहित उच्च अधिकारीहरूले बिदाइ गरेका थिए।

ad

बिदाइका क्रममा भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला तथा भारत सरकार र नयाँ दिल्लीस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।

प्रधानमन्त्री शाह स्वदेश आइपुगेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री शिशिर खनालले पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ। उक्त पत्रकार सम्मेलन साँझ साढे ६ बजे आयोजना हुने बताइएको छ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, आर्थिक सहयोग तथा विकास निर्माणका विषयमा छलफल र समझदारी भएका छन्।