काठमाडौं ।प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणमा नेपालको निजी क्षेत्रबाट ५२ जना उद्योगी तथा व्यवसायी सहभागी हुने भएका छन्। सरकारी प्रतिनिधिमण्डलमा ३४ जना रहने भए पनि निजी क्षेत्रका छुट्टै ५२ प्रतिनिधि आफ्नै खर्चमा भारत जान लागेका हुन्।

परराष्ट्र सचिव अमृत राईका अनुसार प्रधानमन्त्रीको औपचारिक भ्रमण टोली ३४ सदस्यीय हुनेछ। त्यसबाहेक उद्योग, व्यापार, पर्यटन, ऊर्जा तथा विभिन्न व्यावसायिक संस्थाको प्रतिनिधित्व गर्दै ५२ जना व्यवसायी भ्रमणमा सहभागी हुनेछन्।

ad

भ्रमणमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, पूर्वअध्यक्ष भवानी राणा, उपाध्यक्ष कृष्णप्रसाद शर्मा र महानिर्देशक डा. गोपालप्रसाद तिवारी सहभागी हुँदैछन्।

त्यसैगरी नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, वरिष्ठ उपाध्यक्ष निर्वाणा चौधरी तथा पूर्वअध्यक्ष राजेश कुमार अग्रवाल पनि भ्रमण टोलीमा समेटिएका छन्।

व्यवसायीहरूको सूचीमा नेपाल वैदेशिक व्यापार संघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग व्यापार महासंघ, नेपाल–भारत चेम्बर अफ कमर्सलगायत विभिन्न व्यावसायिक संस्थाका पदाधिकारी तथा उद्यमीहरू रहेका छन्।

निजी क्षेत्रको यो सहभागितालाई नेपाल–भारतबीच व्यापारिक सम्बन्ध विस्तार, लगानी आकर्षण, औद्योगिक सहकार्य र आर्थिक साझेदारीका नयाँ सम्भावना खोज्ने अवसरका रूपमा हेरिएको छ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीच आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। यस्तो अवस्थामा नेपाली व्यवसायीहरूको सहभागिताले भारतीय लगानीकर्ता तथा व्यावसायिक समुदायसँग प्रत्यक्ष संवाद र सहकार्यको अवसर प्रदान गर्ने अपेक्षा निजी क्षेत्रले गरेको छ।

भारत जाने ५२ व्यवसायीको नामावली

भ्रमणमा सहभागी हुने व्यवसायीहरूको नाम र पद यसप्रकार छन् :

  1. अञ्जन श्रेष्ठ— अध्यक्ष
  2. भवानी राणा— पूर्वअध्यक्ष
  3. कृष्णप्रसाद शर्मा— उपाध्यक्ष
  4. डा. गोपालप्रसाद तिवारी— महानिर्देशक
  5. सुनिता नेमाफुकी— कार्यसमिति सदस्य
  6. बाटु लामिछाने— कार्यसमिति सदस्य
  7. उज्ज्वल श्रेष्ठ— कार्यसमिति सदस्य तथा उद्योग समितिका सभापति
  8. सागर ढकाल— कार्यसमिति सदस्य
  9. निरज काफ्ले— सदस्य, व्यापार समिति
  10. शिवकुमार अग्रवाल— अध्यक्ष, नेपाल वैदेशिक व्यापार संघ
  11. वीरेन्द्रराज पाण्डे— अध्यक्ष
  12. राजेश कुमार अग्रवाल— पूर्वअध्यक्ष
  13. निर्वाणा चौधरी— वरिष्ठ उपाध्यक्ष
  14. राजबहादुर शाह
  15. कमलेश कुमार अग्रवाल— अध्यक्ष
  16. दीपक कुमार मल्होत्रा— वरिष्ठ उपाध्यक्ष
  17. खिमनारायण पराजुली— अध्यक्ष
  18. कुणाल कायल— अध्यक्ष
  19. सुनील केसी— तत्कालीन पूर्वअध्यक्ष
  20. करण चौधरी— उपाध्यक्ष
  21. मोहनकुमार दाँगी— अध्यक्ष
  22. गणेश कार्की— तत्कालीन पूर्वअध्यक्ष
  23. पुष्कर पौडेल
  24. विभूषण बिष्ट— उपाध्यक्ष
  25. पशुपति देव पाण्डे— अध्यक्ष
  26. अर्जुनकुमार श्रेष्ठ
  27. शोभा गुरुङ— अध्यक्ष
  28. गोविन्दप्रसाद घिमिरे— अध्यक्ष
  29. सरोज श्रेष्ठ— उपाध्यक्ष
  30. रवीन्द्र शाक्य— अध्यक्ष
  31. सुरेन्द्रकुमार उप्रेती— अध्यक्ष
  32. विनायक शाह— अध्यक्ष
  33. सागर पाण्डे— अध्यक्ष
  34. भरतजंग पाण्डे— अध्यक्ष
  35. दर्शना श्रेष्ठ— अध्यक्ष
  36. डिकिला शेर्पा लामा— सचिव
  37. बलराम गुरुङ— अध्यक्ष
  38. सचिन ढकाल— उद्यमी
  39. नितेश मालपानी— उद्यमी
  40. कल्याण गुरुङ— उद्यमी
  41. टुकप्रसाद पौडेल— उद्यमी
  42. जीवानाथ लामिछाने— उद्यमी
  43. दिरेक लाल श्रेष्ठ— उद्यमी
  44. अनुप आचार्य— उद्यमी
  45. नरेश दास— उद्यमी
  46. यमुना श्रेष्ठ— उद्यमी
  47. विष्णुकुमार अग्रवाल— उद्यमी
  48. दिलीप अग्रवाल— उद्यमी
  49. सञ्जय काफ्ले— उद्यमी
  50. दीपक थापा— उद्यमी
  51. निकोलस पाण्डे— अध्यक्ष
  52. राजनकुमार बान— उद्यमी

व्यवसायीहरूको सहभागितासहित हुन लागेको प्रधानमन्त्री शाहको भारत भ्रमणलाई राजनीतिक तथा कूटनीतिक भेटघाटसँगै आर्थिक सम्बन्ध विस्तारको दृष्टिले पनि महत्त्वपूर्ण मानिएको छ।