
चन्द्रनिगाहपुर । नेपाली कांग्रेस सभापति गगन थापाले देशले यतिबेला सकारात्मक सोच र ऊर्जाको खोजी गरिरहेको बताएका छन् ।
पार्टीको १५ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि पहिलोपटक आइतबार बिहान मधेश भ्रमणमा निस्किएका थापाले रौतहटको चन्द्रनिगाहपुरमा नेपाली कांग्रेस, चन्द्रपुर नगर समितिले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै नेपाली समाजमा व्याप्त नकारात्मकता, घृणा, निषेध र पूर्वाग्रह अन्त्य गर्दै सकारात्मक ऊर्जा प्रवाह गर्नु अहिलेको आवश्यकता भएको बताएका हुन् ।
उनले नेपाली कांग्रेस अब सकारात्मक सोचका साथ अघि बढ्ने पनि स्पष्ट पारे । समाजलाई घृणा र प्रतिशोधबाट मुक्त गराउने अभियानमा कांग्रेस लाग्नेछ, उनले भने ।
कांग्रेसले विगतमा पनि विभिन्न घेराबन्दी र चुनौतीको सामना गर्दै आएको बताउँदै सभापति थापाले अहिलेका षड्यन्त्र र अवरोधलाई पनि चिर्न पार्टी सक्षम रहेको जिकीर गरे । उनले कांग्रेसका लागि निर्वाचनभन्दा पार्टी र देशको भविष्य ठूलो रहेको पनि बताए ।








Facebook Comments