काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार जनताप्रति उत्तरदायी हुन नसकेको आरोप लगाएका छन् ।

काठमाडौंमा आजदेखि शुरु राष्ट्रिय भेलालाई सम्बोधन गर्दै  उनले सरकार बनेपछि समाज उल्टोबाटोतिर लागेको उल्लेख गर्दै  संस्कृति, सभ्यता र सामाजिक मूल्यमान्यतामाथि प्रहार भइरहेको बताए । 

ad

उनले सरकारमाथि कटाक्ष गर्दै भने– ‘जनताप्रति अनुत्तरदायी सरकार, खर्बौ पैसा जम्मा भएको छ त्यो पैसा थान्को लागेर बसेको छ, पीडितहरु दुखमा पिल्सिरहेका छन्’, ओलीले भने, ‘सरकारले काम गर्दा सकिन्थ्यो तर केही पनि भएको छैन, शिक्षा विग्रदो छ, स्वास्थ्यस्थितिमा सुधार भएको छैन । अस्पतालबाट बाहिर निकालेर सडकमा प्रश्रव वेदनामा शिशुलाई जन्म दिनुपरेको छ । उनले उनले जेनजी विद्रोहलाई बहाना बनाएर तालिमप्राप्त अपराधी परिचालन गरी देशमा विध्वंस मच्चाइएको दाबी पनि गरे । 

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली संसद विघटनसम्बन्धी मुद्दामा अदालत समेत चुपचाप लागेर बसिरहेको भन्दै असन्तुष्टि जनाए । ‘राज्यका अङ्गहरू, निकायहरू आफ्नो काम गर्न र कर्तव्य पालना गर्न सक्ने अवस्थामा नभएको पनि बताए । उनले भने– यस्तो स्थितिमा देशको अस्मिता,स्वाधीनता, स्वाभिमान र सम्मानको रक्षा गर्न आवश्यक छ त्यसका लागि जनता अघि बढ्नुपर्ने अवस्था आइसकेको छ ।