
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको राजनीतिक र कानुनी लडाइँमा रुपैयाँ होइन, एक सुकाको पनि लेनदेन नभएको स्पष्ट पारेका छन् । आज एक भिडियो सन्देशमा उनले उक्त कुरा बताएका हुन् ।
उनले प्रहरी हिरासतमा रहेका इनम सापकोटाले भनेको भरमा जवाफ दिइरहन जरुरी नभए पनि केही कुरा प्रस्ट पार्न आवश्यक रहेको बताए ।
इनम सापकोटाको भनेर एउटा अडिओ बाहिर आएको विषय उल्लेख गर्दै सभापति थापाले भनेका छन्, ‘त्यो अडिओ कहाँ, कसले, कहिले, किन बोलेको थाहा छैन। बोलेको हो कि बोलाइएको हो यो पनि थाहा छैन। मलाई धेरै चासो पनि छैन। हामीले चाहेको राम्रो अनुसन्धान होस् भन्ने हो । अनुसन्धानले दूधको दूध पानीको पानी छुट्टिन्छ । हामी त्यसकै प्रतीक्षामा छौं ।
उनले भनेका छन्, ‘ढुक्क हुनुहोस्, म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा,तपाईंको साथी, तपाईंको सभापति । कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। मेरा हातहरू सफा छन्। गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ।









Facebook Comments