
काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशमा बढ्दो भूराजनीतिक चलखेलको पृष्ठभूमिमा सत्ताधारी र प्रतिपक्षी दलहरूभित्रै चर्कँदो अन्तरसंघर्ष, राज्यका प्रमुख अङ्गहरू न्यायालय, प्रशासन, प्रहरी लगायतमा अस्तव्यस्तता, अर्थतन्त्रको निरन्तर ओरालो यात्रा, थपिँदो प्राकृतिक प्रकोपको भार, युवाहरूको निरन्तर विदेश पलायन, सार्वजनिक सञ्चार क्षेत्र र नागरिक वृत्तमा चुलिँदो निराशा, आदिले देश ठुलो सङ्कटतिर उन्मुख भइरहेको सङ्केत गरेको बताएका छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले सत्तारूढ र प्रतिपक्षी दलभित्र चर्कँदो अन्तरसंघर्ष, न्यायालय, प्रशासन र प्रहरीलगायत राज्यका प्रमुख अङ्गमा देखिएको अव्यवस्था तथा अर्थतन्त्रको निरन्तर ओरालो यात्राले देशको अवस्था थप जटिल बन्दै गएको बताएका हुन् । उनले अब कुनै पनि बहानामा देशले अस्थिरता र उथलपुथल थेग्न सक्दै नसक्ने पनि उल्लेख गरेका छन् ।
सबै आ आफ्नो क्षेत्रबाट गम्भीर बनौँ १ सक्छौँ, सकारात्मक योगदान गरौँ ! सक्दैनौँ, नकारात्मक काम नगरौँ ! ’, उनले लेखेका छन् ।









Facebook Comments