काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले काम गर्ने इच्छा, क्षमता र योग्यता भएका नेता–कार्यकर्तालाई विधानअनुसार जिम्मेवारी दिइने बताएका छन् ।  

आज स्याङ्जामा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई समेटेर नयाँ ढङ्गले पार्टी सञ्चालन गर्ने बताए । उनले आन्तरिक प्रतिस्पर्धामा कोही जित्ने र कोही हार्नेभन्दा पनि सबैलाई जिम्मेवारी र अवसर प्रदान गर्दै अघि बढ्ने पनि स्पष्ट पारे ।

ad

सभापति थापाले केन्द्रीय समितिमा प्रतिस्पर्धा गरेका तथा वडा, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रका विभिन्न तहमा जिम्मेवारी प्राप्त गर्न नसकेका नेता–कार्यकर्तालाई पनि अन्य भूमिकामार्फत सक्रिय बनाइने बताए ।

त्यस्तै, पार्टीभित्र पदका आधारमा ठूलो–सानो ठान्ने तथा आसन ग्रहण र प्राथमिकताका विषयमा विभेद गर्ने परम्परासमेत परिवर्तन गर्नुपर्ने उनले बताए ।