काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको शपथ ग्रहण यही कात्तिक १२ गतेका लागि तय गरिएको छ । 

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालाका अनुसार कात्तिक १२ गते बिहिबार २ बजे केन्द्रीय कार्यालय सानेपामा हुनेछ।

ad


उनले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई शपथ ग्रहण कार्यक्रममा उपस्थितिका लागि आग्रह गरेका छन् । 

सभापति गगन थापाले भने यसअघि नै शपथ ग्रहण गरिसकेका छन् ।