
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत क्षेत्रबाट केन्द्रीय सदस्य पदमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका लागि भएको निर्वाचनमा उनले ३ हजार २५३ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका हुन्।
अन्तिम मतपरिणामअनुसार प्रा. डा. जगदीश चन्द्र पोखरेल २ हजार ५७७ मतसहित दोस्रो स्थानमा निर्वाचित भएका छन्। त्यस्तै, अधिवक्ता सीताराम केसीले १ हजार ५३६, डा. प्रदीप मिश्रले १ हजार ४७८ र केशव निरौलाले १ हजार २३२ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
निर्वाचनमा शिवशंकर रिजालले १ हजार २२०, डा. नहकुल केसीले १ हजार १६६, भरत राज ढकालले १ हजार १४८, सीए पदम भण्डारीले १ हजार ११७, प्रकाश कटुवालले १ हजार ७७ र ई. मनोज घिमिरेले १ हजार ५९ मत प्राप्त गरेका छन्।
यसैगरी ई. धनेन्द्र केसीले ८७५, ई. दीपेन्द्र क्षेत्रीले ८६८, गोपाल प्रसाद पोखरेलले ५९४, काशीनाथ चुडालले ५७१, विज्ञान प्रसाईंले ४८१, लक्ष्मी किशोर सुवेदीले ४७८, धर्मानन्द जोशीले ४५४, शमिरजंग शाहले ४५७, सुवास अधिकारीले ४४६, बिनोद कुमार यादवले ४२७, शिव लम्सालले ४२४ र मोहन लम्सालले ४०६ मत पाएका छन्।
मतपरिणामअनुसार ज्ञानिन्द्र झाले ३८६, शत्रुघ्न प्रसाद गुप्ताले ३७४, ई. सुदर्शन शर्माले ३४७, डा. विनायक पण्डितले ३२९, ई. यमकृष्ण पौडेलले ३०५, डा. शिवचन्द्र शाहीले ३०१, हरि प्रसाद कार्कीले २७५, सुशील प्रसाद फुँयालले १९० र विश्वदिप लामिछानेले १८६ मत प्राप्त गरेका छन्।
पेशागत क्षेत्रबाट केन्द्रीय सदस्य चयनका लागि भएको निर्वाचनमा डा. केसीले अन्य प्रतिस्पर्धीभन्दा उल्लेख्य मत प्राप्त गर्दै शीर्ष स्थानमा रहेर आफ्नो जित सुनिश्चित गरेका हुन्।









Facebook Comments