
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा मधेसीतर्फ सहमहामन्त्रीमा मो। फिरदोस आलम निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसका नेता स्वर्गीय अफताव आलमका छोरा हुन् ।
आफ्ना प्रतिस्पर्धी अब्दुल सत्तार र अतहर कमाल मुसलमानलाई पराजित गर्दै आलम सहमहामन्त्री पदमा निर्वाचित भएका हुन् ।
उनी २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रौतहट–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।









Facebook Comments