काठमाडौं । पूर्वसांसद तथा नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ। असहज महसुस भएपछि अस्पताल लैजाने क्रममा उनको निधन भएको हो।

नेकपा संयुक्तका प्रवक्ता दामोदर अर्यालका अनुसार नैकापस्थित निवासमा रहेका बेला पौडेललाई असहज भएको थियो। त्यसपछि उनलाई नजिकैको बर्न अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

ad

पौडेलको निधन हृदयघातका कारण भएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि, यसको औपचारिक पुष्टि भएको छैन।

उनी पुराना कम्युनिस्ट नेता मोदनाथ प्रश्रितका एकमात्र छोरा हुन्। पौडेलका श्रीमती र दुई सन्तान छन्।