काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा महामन्त्री पदमा पराजित नेता गुरुराज घिमिरेले आफु परिणामबाट विचलित नभई नयाँ शिराबाट आफ्नो राजनीतिक यात्रा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफूलाई विश्वास गरेर मत दिने महाधिवेशन प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै अबको राजनीति फरक सोच, शैली र संस्कारसहित अघि बढाउने बताएका छन् ।

ad

‘लोकतन्त्रमा हार–जित स्वाभाविक प्रक्रिया हो । म यस परिणामबाट विचलित नभई नयाँ शिराबाट आफ्नो राजनीतिक यात्रा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु,’ घिमिरेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अबको राजनीति फरक सोच, फरक शैली र फरक संस्कारसहित अघि बढ्नेछ । जहाँ निष्ठा, विचार, संवाद, इमानदारी र पार्टी रूपान्तरण प्रमुख आधार हुनेछन् ।’