काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम शुक्रबार उक्त अध्यादेश जारी गरेका हुन्।

ad

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार अध्यादेश असोज २३ गते जारी भएको हो। यस अध्यादेशमार्फत विपद्सम्बन्धी प्रचलित केही नेपाल ऐनमा संशोधन गर्ने व्यवस्था गरिएको छ।

अध्यादेश जारी भएसँगै विपद्सम्बन्धी कानुनी व्यवस्थामा संशोधन गर्ने प्रक्रिया अघि बढेको छ। यद्यपि, अध्यादेशमार्फत संशोधन गरिएका ऐन तथा व्यवस्थाको विस्तृत विवरण भने उपलब्ध गराइएको सूचनामा खुलाइएको छैन।