काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा बढाइएको छ। अब महाधिवेशन प्रतिनिधिहरूले बेलुका ७ बजेसम्म मतदान गर्न पाउने भएका छन्।

केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै मतदानको समय थप गरिएको जानकारी दिएको हो। यसअघि बिहानदेखि सुरु भएको मतदान अपराह्न ५ बजेसम्म सञ्चालन गर्ने तालिका तय गरिएको थियो।

ad

निर्वाचन समितिका अनुसार मतदानमा सहभागी हुने प्रतिनिधिहरूलाई सहजता प्रदान गर्न र सबैलाई आफ्नो मताधिकार प्रयोग गर्ने अवसर सुनिश्चित गर्न समय बढाइएको हो।

समय थपिएसँगै कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयनका लागि भइरहेको निर्वाचन प्रक्रिया बेलुका ७ बजेसम्म जारी रहनेछ।