काठमाडौं । नेकपा एमालेले आगामी मंसिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। पार्टी कार्यालयमा जारी स्थायी कमिटी बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको एमाले नेता लेखराज भट्टले जानकारी दिए।

बैठकले पार्टीको वडा र पालिका अधिवेशनको मिति पनि तय गरेको छ। निर्णयअनुसार वडा अधिवेशन मंसिर २६ गते र पालिका अधिवेशन पुस ४ गते हुनेछ।

ad

भट्टका अनुसार वडा र पालिका अधिवेशनपछि एमालेले प्रदेशस्तरीय भेला आयोजना गर्ने तयारी गरेको छ। प्रदेशस्तरीय भेलाको मिति भने पछि तय गरिनेछ।

स्थायी कमिटी बैठकले पार्टीको संगठनात्मक गतिविधिलाई अघि बढाउने विषयमा आवश्यक निर्णय गर्दै राष्ट्रिय भेलादेखि स्थानीय तहका अधिवेशनसम्मको कार्यतालिका तय गरेको हो।