
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति गगन थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ।
महाधिवेशनको चौथो दिन बसेको बन्दसत्रले थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव’ अनुमोदन गरेको हो। प्रतिवेदन पारित भएसँगै त्यसमा समेटिएका राजनीतिक दृष्टिकोण र प्रस्तावलाई पार्टीको आगामी कार्यदिशाका रूपमा अघि बढाउने बाटो खुलेको छ।
यसअघि बन्दसत्रले उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी समसामयिक प्रस्ताव पनि पारित गरेको थियो।
त्यस्तै, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनसमेत बन्दसत्रबाट अनुमोदन भइसकेको छ।
महाधिवेशनका क्रममा नेतृत्व र संगठनसँग सम्बन्धित विभिन्न प्रस्ताव तथा प्रतिवेदन पारित गर्ने क्रम जारी रहेको कांग्रेसले जनाएको छ।









Facebook Comments