काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्रले महामन्त्री गुरुराज घिमिरेले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ।

महामन्त्री घिमिरेको प्रतिवेदनमा कांग्रेसलाई संगठनात्मक रूपमा थप सुदृढ बनाउँदै जनतामाझ लोकप्रिय र प्रभावशाली राजनीतिक शक्तिका रूपमा अघि बढाउने विषयलाई प्राथमिकता दिइएको छ।

ad

बन्द सत्रबाट प्रतिवेदन अनुमोदन भएसँगै त्यसमा समेटिएका नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने बाटो खुलेको छ। प्रतिवेदनले पार्टीको संगठनलाई व्यवस्थित बनाउने तथा कांग्रेसको राजनीतिक प्रभाव विस्तार गर्ने विषयमा जोड दिएको छ।

प्रतिवेदन पारित भएपछि त्यसमा प्रस्तावित कार्यक्रमलाई पार्टीको आगामी कार्यदिशाका रूपमा अघि बढाउने तयारी कांग्रेसको छ। महाधिवेशनबाट पारित प्रस्तावअनुसार संगठन सुदृढीकरण र पार्टीको जनाधार विस्तारका कार्यक्रम अघि बढाइने जनाइएको छ।