काठमाडौं ।  नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिएका किशोर सिंह राठौरले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

मंगलबार सभापति पदमा उम्मेदवारी दिएका उनले आज पत्रकार सम्मेलन गरेर उम्मेदवारी फिर्ता लिएका हुन्।
सभापति पदमा उनीसँगै गगनकुमार थापा, श्यामकृष्ण खड्कीले उम्मेदवारी दर्ता गरेका थिए।

ad

राठौरलेले पार्टीभित्र एकता आवश्यक रहेको भन्दै थापाले राखेको मिलेर जाने प्रस्तावलाई समर्थन गर्ने निर्णयमा पुगेको बताए ।