
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचन समितिले अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। महाधिवेशनमा मतदान गर्ने प्रतिनिधिहरूको अन्तिम सूची निर्वाचन समितिले प्रकाशन गरेको हो।
निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार अन्तिम मतदाता नामावलीमा ७ हजार २५५ जना प्रतिनिधि समेटिएका छन्।
महाधिवेशनका विभिन्न पदमा उम्मेदवारी दर्ता तथा निर्वाचन प्रक्रिया अघि बढिरहेका बेला समितिले मतदानका लागि योग्य प्रतिनिधिहरूको अन्तिम सूची सार्वजनिक गरेको हो। यही नामावलीका आधारमा कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान हुनेछ।
निर्वाचन समितिले सार्वजनिक गरेको सूचीमा महाधिवेशन प्रतिनिधि तथा सम्बन्धित तहबाट निर्वाचित र मनोनीत प्रतिनिधिहरू समेटिएका छन्। अन्तिम नामावली प्रकाशनसँगै कांग्रेस महाधिवेशनको निर्वाचन प्रक्रिया थप औपचारिक चरणमा प्रवेश गरेको छ।
अन्तिम सूची









Facebook Comments