काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दिएका छन्।

ad

मंगलबार राष्ट्रिय सभागृहमा कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मनोनयन भइरहेको छ । 

शर्माले पुष्पराज पौड्याललाई वारेस बनाएर आफ्नो मनोनयन दर्ता गराएका छन्।

कांग्रेसले विधान संशोधन गरेर यसैपटकबाट वरिष्ठ उपसभापति पद थप गरेको हो ।