
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले १५ औं महाधिवेशनमा खुलातर्फ उपसभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
कांग्रेसमा एक वरिष्ठसहित ४ जना उपसभापति रहने व्यवस्था छ। १५ औं महाधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ताको कार्यक्रम छ। रिजाल २०७८ सालमा भएको १४ औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवारी दिएका थिए।
उपसभापति पदमा हालसम्म रिजालसहित, संसदीय दल नेता भीष्मराज आङ्देम्बे, र्वउपसभापति धनराज गुरूङ, पूर्वसहमहामन्त्री जीवन परियार, प्रवक्ता देवराज चालिसे, केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्की, विनोद चौधरी, गोविन्द भट्टराई, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, चन्द्र भण्डारीलगायतले उम्मेदवारी दिने घोषणा गरेका छन् । महिला उपसभापति पदका लागि पुष्पा भुसालले उम्मेदवारी दिने तयारी गरेकी छन्।









Facebook Comments