काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले खुला सहमहामन्त्रीमा उम्मेदवारी दिने भएका छन् । उनले आफू खुलातर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ताको कार्यक्रम छ। कांग्रेसमा निर्वाचनबाट विभिन्न कलस्टरबाट ११ जना सहमहामन्त्री आउने व्यवस्था छ। उनी पूर्वसांसद र राज्य व्यवस्था तथा सुशासन समितिका पूर्वसभापति पनि हुन्। 

ad