काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५ औं महाधिवेशनमा किशोरसिंह राठौरले पनि सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । 


उनले कांग्रेसलाई एकताबद्ध बनाउने एजेण्डाका साथ सभापतिमा उठ्न लागेको जानकारी दिए। कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजै मनोनयन दर्ताको कार्यक्रम छ । उनले आफु सभापतिमा पराजित हुन्छु भन्ने थाहा हुँदाहुँदै पनि उम्मेदवारी दिन लागेको बताए ।

ad

उनले २५ वर्षअघि नेपाल विद्यार्थी संघको अध्यक्षमा उम्मेदवारी दिँदासमेत आफूलाई हराउन ‘साम, दाम, दण्ड र भेद प्रयोग गरिएको दाबी गरे। उनले भने– ‘मलाई थाहा छ, विशेष महाधिवेशन पक्षधरले मलाई मान्नेवाला छैनन्।

यसअघि सोमबार कांग्रेसको सभापतिमा श्यामकृष्ण खड्कीले पनि उम्मेदवारी घोषणा गरेका थिए ।