
काठमाडौं । कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा हुने क्रम जारी छ।
यसैक्रममा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको जारी १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। आज उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।
‘साध्य–समृद्ध मुलुक, खुसी नेपाली’ र ‘साधन–समयअनुकूल विचार बोकेर हिँड्ने पार्टी निर्माण’लाई भण्डारीले आफ्नो उम्मेदवारीको मुख्य लक्ष्यका रूपमा अघि सार्दै उपसभापतिको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । भण्डारी १४औं महाधिवेशनमा पनि उपसभापति पदमा उम्मेदवार बनेका थिए ।









Facebook Comments