काठमाडौं । खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज बन्दसत्र सकिएलगत्तै  नेतृत्व चयन प्रक्रिया पनि शुरु हुने भएको छ ।  

बिहान १० बजेबाट सुरु भएको बन्दसत्रपछि आज बेलुका ५ बजे मतदाता नामावाली प्रकाशन गरिने भएको छ । मतदाता नामावालीमाथि साढे ६ बजेसम्म दावी विरोध गर्नको लागि समय तोकिएको छ ।
त्यसपछि ७ बजेसम्म दाबी विरोधमाथि जाँच गरिनेछ र, साढे ७ मा मतदाताको अन्तिम नामावली प्रकाशित गरिने भएको छ । 
मतदाता नामावलीको प्रक्रिया टुंगो लागेपछि उम्मेदवारी दर्ता भने भोलि बिहान १० बजेदेखि ३ बजेसम्मका लागि तोकिएको छ । 

ad

त्यसरी उम्मेदवारी दर्ता गरेपछि दिउँसो साढे ४ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुने र, साढे ५ बजे दाबीविरोधको समय निर्धारण गरिएको छ । बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ ।
असोज २१ गते हान ९ बजेसम्म उम्मेदवारी फिर्ताको लागि समय निर्धारण गरिएको छ । उम्मेदवारीको दाबीविरोधपछि १० बजे अन्तिम नामावली प्रकाशन हुनेछ । असोज २२ गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । 

मतदान भने बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभागृहमा मतदान गर्नेछन् भने कोशी, मधेश, कर्णाली र सुदूरपश्चिमका मतदाताले खुलामञ्चमा मतदान गर्नेछन् । साथै, भातृ एवं शुभेच्छुक संस्था र जनसम्पर्क समितिका मतदाताले पनि खुलामञ्चमै मतदान गर्ने जनाइएको छ । प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहले मतदान गर्ने कार्यतालिका रहेको छ ।