काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र केन्द्रीय समितिको आकार बढ्ने भएको छ । १५ औं महाधिवेशनस्थल काठमाडौंको खुलामञ्चमा बसेको आज केन्द्रीय समिति बैठकले पदाधिकारी तथा केन्द्रीय सदस्यको संख्या टुंगो लगाएको हो ।

कांग्रेसले सहमहामन्त्रीको संख्या १५ जना बनाउने भएको छ । अब समावेशिताका आधारमा ९, खुलाबाट २ र सभापतिले मनोनीत गर्ने चारसहित १५ जना सहमहामन्त्री हुने भएका छन् ।

ad

महिला, आदिवासी जनजाति, दलित, मधेशी, खस आर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र र अल्पसंख्यकरअपाङ समुदायबाट १/१ सहमहामन्त्री हुनेछन् ।

बैठकले कांग्रेसमा १ सभापति, १ वरिष्ठ उपसभापति, ३ उपसभापति, ३ महामन्त्री, १५ सहमहामन्त्री र १ कोषाध्यक्षसहित २४ सदस्यीय पदाधिकारी रहने निर्णय गरेको छ । यस्तै एक जना प्रवक्ता रहनेछन् । हाल कांग्रेसको विधानमा २ जना उपसभापति र २ जना महामन्त्री रहने व्यवस्था छ ।