
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संस्थापक तथा संरक्षक रेशम चौधरीले पुराना र नयाँ दुवै अतिवादबाट देश बन्न नसक्ने बताएका छन् ।
नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै चौधरीले अबको आशा मध्यम पुस्तामाथि रहेको बताए । उनले नयाँ पुस्ताका नेतृत्वले पनि देश बनाउने कुनै छनक नदेखाएको टिप्पणी गरेका छन्।
उनले भने, ‘हिजो सबै कपाल फुलेर आफूलाई युवा हुँ भन्ने नेताहरूले देश बिगारे। अहिले कैला जुङ्गा भएका, पूरै कपाल काला भएकाले पनि देश बनाउने कुनै छनक देखाएका छैनन्।’
चौधरीले नेपाली कांग्रेसले कमैया मुक्ति र संविधान निर्माणमा खेलेको भूमिकाको प्रशंसा गर्दै संविधानमा लेखिएका अधिकारहरू व्यवहारमा नआएको गुनासो गरे।









Facebook Comments