काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)मा विभिन्न पदमा रहेका चार जनाले सामूहिक राजीनामा दिएका छन्। 

पार्टी सदस्य तथा पूर्वसंघीय सांसद इन्दु कुमारी शर्मा, केन्द्रीय सल्लाहकार सदस्य मो। युसुफ साफी, केन्द्रयि निर्वाचन आयोग तथा कानुन विभाग सदस्य अधिवक्ता घणश्याम शर्मा र नेता पुष्पराज चमनले राजीनामा दिएका हुन्। 

ad

अबदेखि पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको उनीहरुले उल्लेख गरेका छन्। अबदेखि ‘हुंकार मधेश’ नामक अभियानबाट अबको राजनीतिक यात्रा अगाडि बढाउने उनीहरुले उल्लेख गरेका छन्।