
करुणा कटुवाल, धनकुटा
हामी यस्तो कांग्रेस निर्माण गर्न चाहन्छौँ, जहाँ युवाले आफ्नो भविष्य र सम्भावना देशभित्रै देखोस्, जहाँ विद्यार्थीले आफ्ना हक, अधिकार र नवीन विचारको आवाज पार्टीको उच्च नेतृत्वसम्म पुगेको महसुस गरोस् ।
हामी यस्तो कांग्रेसको पक्षमा छौँ, जहाँ महिलाले केवल सामान्य सहभागिता वा मञ्चको उपस्थितिमा मात्र सीमित नरही नीति निर्माण र राजनीतिक निर्णयको मुख्य टेबलमा आफ्नो निर्णायक नेतृत्वसहितको पूर्ण सम्भावना देखून् ।
हामी एउटा यस्तो रूपान्तरित, पारदर्शी र गुटमुक्त लोकतान्त्रिक संस्था बनाउन चाहन्छौँ, जहाँ पुराना अग्रजको त्याग र योगदानको उच्च सम्मान होस् अनि नयाँ पुस्ताको ऊर्जा र क्षमताले फस्टाउने अवसर पाओस् । देशका किसान, श्रमिक, व्यवसायी र पेसाकर्मीदेखि समाजका हरेक वर्ग र समुदायले यस पार्टीभित्र आफ्नो अपनत्व पाउन सकून् ।
जब विचार, नीति र व्यवहारमा यो परिवर्तन आउनेछ, तब मात्र हरेक निष्ठावान् कार्यकर्ताले छाती खोलेर र गर्वका साथ भन्न सक्नेछ– ‘यो मेरो कांग्रेस हो र म यस विशाल एवं रूपान्तरित कांग्रेसको एउटा भाग्यमानी र जिम्मेवार सदस्य हुँ ।’









Facebook Comments