
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ताको मिति तय भएको छ। केन्द्रीय निर्वाचन समितिले असोज १९ गते सोमबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम सार्वजनिक गरेको हो।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले शुक्रबार जारी गरेको सूचनाअनुसार उम्मेदवारहरूले राष्ट्रिय सभागृहमा दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म मनोनयनपत्र दर्ता गराउन सक्नेछन्।
समितिले केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दिन योग्य आकांक्षीलाई तोकिएको समयसीमाभित्र मनोनयनपत्र दाखिला गर्न आग्रह गरेको छ।
महाधिवेशनअन्तर्गत निर्वाचनसम्बन्धी अन्य कार्यक्रम भने पछि सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।









Facebook Comments