काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बालेन्द्र शाह नेतृत्वको सरकारलाई शासन सञ्चालनदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्मका विषयमा ९ बुँदे सुझाव दिएको छ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर सरकारको ध्यानाकर्षण गराउँदै उक्त सुझाव प्रस्तुत गरेका हुन्।

ad

आङ्देम्बेले सरकार सञ्चालन गर्दा लोकतान्त्रिक पद्धति, संवैधानिक व्यवस्था र स्थापित राजनीतिक मान्यतालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।

उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पक्राउ तथा रिहाइको विषयसमेत उठाउँदै सरकारको कार्यशैलीबारे प्रश्न गरेका छन्। पछिल्ला राजनीतिक घटनाक्रममा सरकारको भूमिका र निर्णय प्रक्रियालाई लिएर पनि उनले ध्यानाकर्षण गराएका छन्।

प्रमुख प्रतिपक्षी दलका तर्फबाट धारणा राख्दै आङ्देम्बेले सरकारलाई लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार अघि बढ्न सुझाव दिएका हुन्।

उनले सरकारका कामकारबाहीप्रति प्रतिपक्षी दलको निगरानी रहने भन्दै जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सरकार गम्भीर हुनुपर्ने बताए।

कांग्रेसले अघि सारेका ९ बुँदे सुझावमा सरकार सञ्चालनको शैली, लोकतान्त्रिक अभ्यास, संवैधानिक विषय तथा पछिल्ला राजनीतिक घटनाक्रमसँग सम्बन्धित विषय समेटिएका छन्।