
काठमाडौं । निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ।
राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले संविधानको धारा २९४ बमोजिम वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीद्वारा जारी विज्ञप्तिअनुसार प्रमुख निर्वाचन आयुक्त कार्कीले आयोगको वार्षिक कामकारबाही तथा गतिविधिसम्बन्धी प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेका हुन्।
संविधानको धारा २९४ मा संवैधानिक निकायले आफूले गरेको कामकारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ।









Facebook Comments