काठमाडौं । जलवायु परिवर्तन, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली क्षेत्रमा भएका विपद्सम्बन्धी विषय अध्ययन गर्न गठित संसदीय विशेष समितिले सभापति चयन गरेको छ।

समितिको पहिलो बैठकले गणेश पराजुलीलाई सभापतिमा सर्वसम्मत चयन गरेको हो। सभापतिका लागि पराजुलीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

ad

असोज ५ गते गठन भएको १५ सदस्यीय समितिलाई जलवायु परिवर्तनका प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली क्षेत्रमा भएका विपद्सँग सम्बन्धित विषयको अध्ययन गर्ने जिम्मेवारी दिइएको छ।

समितिले अध्ययनका आधारमा आवश्यक सुझाव तथा सिफारिस सरकारसमक्ष पेस गर्नेछ।