काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टीको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शेरबहादुर देउवा सहभागी नहुने दाबी गरेका छन्। गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी असोज १८ देखि २२ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन आयोजना गर्दैछ। उक्त महाधिवेशनको उद्घाटनमा देउवालाई प्रमुख अतिथिका रूपमा निम्त्याउने तयारी संस्थापन पक्षले गरिरहेको बताइँदै आएको छ।

तर कास्कीमा रहेको १५औँ महाधिवेशन तयारी समितिको कार्यालयमा बुधबार आयोजित कार्यक्रममा बोल्दै महतले देउवा महाधिवेशनमा सहभागी नहुने बताएका हुन्। महतका अनुसार १४औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवाले आफ्नो नेतृत्वमा १५औँ महाधिवेशन सम्पन्न गरेर नेतृत्व हस्तान्तरण गर्ने बताउँदै आएका छन्। त्यसैले उनी महाधिवेशनमा आउने विषयमा कुनै द्विविधा नरहेको उनको दाबी थियो।

ad

उनले पार्टीका धेरै नेता तथा कार्यकर्ता सामाजिक सञ्जालमा सक्रिय नरहेकाले महाधिवेशन र पार्टीभित्रका पछिल्ला गतिविधिबारे भ्रम तथा अन्योल सिर्जना भएको बताए। देशभरबाट कार्यकर्ताले देउवा महाधिवेशनमा सहभागी हुने वा नहुने विषयमा आफूहरूलाई सोधिरहेको उनको भनाइ थियो। 

महतले नेता शशांक कोइरालाले कुनै व्यक्तिलाई नेता भनेर दिएको अभिव्यक्तिलाई सन्दर्भबाट अलग गरेर प्रचार गरिएको दाबीसमेत गरे। उनले त्यस्ता अभिव्यक्तिको वास्तविक सन्दर्भ बुझ्नुपर्ने बताए। 

वडा अधिवेशन बिहीबारदेखि सुरु हुने उल्लेख गर्दै महतले आफूहरू सत्यको पक्षमा उभिने बताए। विशेष महाधिवेशनसम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको भन्दै उनले अदालतबाट न्याय पाउने विश्वाससमेत व्यक्त गरे।