नेपाल विद्यार्थी संघ (नेविसंघ) अध्यक्ष करुणा कटुवाल गृह जिल्ला धनकुटाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छन्।

युवा खुल्लातर्फ कटुवालले सर्वाधिक ६९० मत प्राप्त गरिन्। युवा खुल्लातर्फ एक मतदाताले बढीमा दुई जनालाई मत दिन पाउने व्यवस्था थियो।

ad

कटुवालसँगै दोस्रो स्थानमा रहेका गोविन्द लिम्बू पनि महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। लिम्बूले ३०५ मत प्राप्त गरे। कटुवालले लिम्बूभन्दा ३८५ मत बढी पाएकी छन्।

युवा खुल्लातर्फ क्रान्तिराज पौडेलले २४३, चिरञ्जीवी कोंग्रेनले १८४ र अभिनव गुरागाईंले १३९ मत प्राप्त गरेका छन्।

गृह जिल्लामा कटुवालले युवा खुल्लातर्फ सबैभन्दा बढी मत प्राप्त गरेकी हुन्। मतदानमा सहभागी प्रतिनिधिमध्ये करिब ७० प्रतिशतले उनलाई मत दिएका छन्।