
सिन्धुली । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वसांसद लेखनाथ दाहाल मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन्।
पार्टीको कामका क्रममा मंगलबार सिन्धुलीको मरिण गाउँपालिकातर्फ जाँदै गर्दा दाहाल सवार मोटरसाइकल दुर्घटनामा परेको हो। दुर्घटनापछि उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो।
दाहालको दाहिने हातमा शल्यक्रिया गरिएको छ। उनको अवस्था अहिले खतरामुक्त रहेको नेपाली कम्युनिष्ट पार्टीका जिल्ला सहसंयोजक तथा गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी दिए।
दाहालसँगै मोटरसाइकलमा रहेका पार्टीका मरिण गाउँपालिका इन्चार्ज पदम अस्थानी मगर पनि दुर्घटनामा घाइते भएका छन्। उनको अवस्था सामान्य रहेकाले प्राथमिक उपचारपछि अस्पतालबाट घर फर्किएका छन्।
दुर्घटनाको विस्तृत कारणबारे भने थप विवरण आउन बाँकी छ।









Facebook Comments