
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखा पुगेका छन्।
मंगलबार महाशाखा पुगेका मन्त्रीद्वयले असोज ८, ९ र १० गतेसम्म हुने भनिएको भारी वर्षाको सम्भावित अवस्थाबारे जानकारी लिएका छन्।
उनीहरूले भारी वर्षाका कारण पर्न सक्ने सम्भावित प्रभाव तथा जोखिम, पछिल्लो मौसम अवस्था र वर्षाको पूर्वानुमानबारे सम्बन्धित अधिकारीसँग अपडेट लिएका हुन्।
मन्त्रीद्वयले भारी वर्षाका कारण हुन सक्ने सम्भावित क्षति न्यूनीकरण तथा जोखिम व्यवस्थापनका लागि आवश्यक तयारीबारे समेत जानकारी लिएको जनाइएको छ।









Facebook Comments