काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलााई हटाउन खोजेको नभई पुनर्गठनको सुझावलाई गलत रूपमा बुझिएको स्पष्ट पारेका छन् ।

पार्टी केन्द्रीय कमिटी बैठकको दोस्रो दिन सम्बोधनको क्रममा पोखरेलले अध्यक्ष र आफूबीच फाटो ल्याउन खोजिएको भन्दै अध्यक्षले पनि आफूलाई हटाउन खोजेको रूपमा बुझ्न नहुने बताएको एमालेका १ जना नेताले जानकारी दिए । कार्यदलमा आएको सुझावको आधारमा अब सबैजना कोर्स करेक्सनमा जानुपर्छ भनेका हौँ, उनले स्पष्ट पार्दै भने ।

ad

महासचिव पोखरेलले पार्टीभित्र समस्या छन् रियलाइजेसन गरौं, अनि मात्रै समाधान हुन्छ, भनेको पनि ती नेताले बताए ।

आजको बैठक पनि अध्यक्ष केपी शर्मा ओली आफैँले सञ्चालन गरिरहेका छन् । सुरूमा ओलीले पदाधिकारीहरुलाई बोल्न समय दिएका थिए । उनले एकजना पदाधिकारीलाई १५ मिनेट समय तोके । तर, उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेलले मात्र कुरा राखेका छन् । अहिले केन्द्रीय सदस्यहरूले वर्णानुक्रमअनुसार बोलिरहेका छन् । उनीहरुलाई बोल्नका लागि ३ मिनेटको समय दिइएको छ ।