काठमाडौं । बुटवल उपमहानगरपालिका–७ का २० वर्षीय आयुष्मान पुरी नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं २ को क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्।

त्रिचन्द्र क्याम्पसमा नेपाल विद्यार्थी संघमार्फत विद्यार्थी राजनीतिमा सक्रिय पुरी युवा तथा सामाजिक अभियन्ताका रूपमा समेत सक्रिय छन्।

ad


युवा सहभागिता र नेतृत्वलाई प्राथमिकतामा राख्दै उनले क्षेत्रीय प्रतिनिधिका लागि उम्मेदवारी दिएका थिए। 
पुरीसँगै खुलातर्फ थप ६ जना र महिलातर्फ १ जना गरी कुल ७ जना क्षेत्रीय प्रतिनिधि पनि निर्विरोध चयन भएका छन् ।