काठमाडौ  । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रै केही व्यक्ति र तत्व समस्या सिर्जना गर्न उद्धत रहेको बताएका छन् ।

आजदेखि ललितपुरको भनिमण्डपमा शुरु भएको पार्टीका केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले प्रतिकूल समयको सामना गर्न सिंगो पार्टी एकजुट हुनुपर्नेमा समस्या  सिर्जना गरिएको पनि बताए । आफूलाई हटाउन  मिडियामा गएर खुलेआम बोलेकोमा आपत्ति समेत जनाए । ओलीले भने, तपाईं पार्टीभित्र हुनुहुन्छ भने कमिटीमा छलफल गर्नुस् । राय राख्नुस् । 

ad


उनले बाहिर गएर जगहसाईं गर्ने, पार्टीको अवस्था कमजोर पार्ने, विपक्षीको मनोबल उठाउने, विपक्षीलाई खुसी बनाउने क्रियालाप हुन नहुने पनि बताए । यस्तो अराजकतालाई नियन्त्रण गरेर पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाई थियो ।