काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था पुनः कायम गर्ने उद्देश्यले ल्याइएको ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ प्रमाणीकरण गरेका छन्।

राष्ट्रपति पौडेलले भदौ ३१ गते उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।

ad

संघीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेस भएको विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको प्रवक्ता शाक्यले बताए।

विधेयक प्रमाणीकरण भएसँगै नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने कानुनी प्रक्रिया पूरा भएको छ।