
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई छलफलका लागि बोलाएका छन्।
लामिछानेको आह्वानमा बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सर्वदलीय बैठक बस्ने भएको हो। रास्वपाका प्रवक्ता जगदीश खरेलले बैठकका लागि विभिन्न दलका प्रतिनिधिलाई आमन्त्रण गरिएको जानकारी दिए।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थासँगै उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा छलफल हुने बताइएको छ। दलहरूबीच समन्वय र सहकार्यको आवश्यकता तथा समसामयिक राजनीतिक विषय पनि छलफलको एजेन्डामा रहने रास्वपाले जनाएको छ।
त्यसैगरी, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा पनि बैठकमा छलफल हुने प्रवक्ता खरेलले बताए।
बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी हुने रास्वपाले जनाएको छ।









Facebook Comments