
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको शैली छापामार रहेको उल्लेख गर्दै यो सरकार लामो समय नटिक्ने दाबी गरेका छन् ।
आइतबार एमाले पार्टी कार्यालयमा छापा माध्यमका पत्रकारको ज्ञापन पत्र बुझ्दै उनले सरकारको कदम प्रतिगामी र स्वतन्त्रता विरोधी भएको टिप्पणी गरे ।
ओलीले स्वतन्त्रताको लडाई अझै नसकिएको भन्दै त्यसको परास्त गर्न लागिरहनु पर्नेमा जोड दिए । उनले जुन शासक दमनकारी हुन्छ, पीडक, जनविरोधी, अत्याचारी हुन्छ, अरुको आवाज दबाउँछ, अरुलाई बोल्न दिँदैन, अरुलाई अप्ठेरोमा पार्छ, त्यस्ता शासकहरूको अन्त्य हुने बताए ।








Facebook Comments