
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान, पार्टीको विधान र सर्वोच्च अदालतको फैसलाले बाँधिएकाले पार्टीको १५औँ महाधिवेशनको तिथिमिति एक दिन पनि तलमाथि नहुने बताएका छन् ।
काठमाडौंमा आज आयोजित एक कार्यक्रममा सभापति थापाले आगामी असोज ४ गतेदेखि तल्लो तहको अधिवेशन प्रक्रिया सुरु हुने र असोज १६ गतेदेखि केन्द्रीय महाधिवेशन प्रारम्भ हुने स्पष्ट पारे ।
उनले महाधिवेशनमा भाग लिनबाट कुनै पनि नेतालाई वञ्चित नगरिएको पनि बताए । महाधिवेशन निर्धारित कार्यतालिकाअनुसार नै सम्पन्न हुने र सबै नेता–कार्यकर्ताले त्यसमा सहभागी हुन पाउने उनको भनाई थियो ।
आन्तरिक प्रतिस्पर्धाले पार्टीभित्रको विषय व्यवस्थापन गरे पनि नागरिकसँग टुटेको विश्वास पुनःस्थापित गर्नु कांग्रेसको मुख्य चुनौती रहेको सभापति थापाले स्पष्ट पारे। पार्टीभित्र देखिएको समस्यामा मात्र अल्झिराख्दा नागरिकसँगको सम्बन्ध झन् कमजोर हुनेतर्फ पार्टी गम्भीर रहेको पनि उनले बताए ।









Facebook Comments