
काठमाडौं ।नेपाली कांग्रेसले आगामी महाधिवेशनको निर्वाचन प्रक्रिया सहज बनाउन सातै प्रदेशमा निर्वाचन संयोजक तोकेको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रदेश तहमा निर्वाचनसम्बन्धी कामको सहजीकरण तथा समन्वयका लागि सात जना वरिष्ठ अधिवक्तालाई जिम्मेवारी दिएको हो।
केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले प्रदेशअनुसार निर्वाचन संयोजक नियुक्त गरेका हुन्।
समितिको निर्णयअनुसार कोसी प्रदेशको निर्वाचन संयोजकमा डिल्लीबहादुर कार्की, मधेस प्रदेशमा बलराम सुवेदी र बागमती प्रदेशमा कृष्ण अर्याल चयन भएका छन्।
त्यस्तै, गण्डकी प्रदेशको जिम्मेवारी जगन्नाथ ढकाल, लुम्बिनीमा दीपकुमार रेग्मी, कर्णालीमा उत्तम आचार्य र सुदूरपश्चिम प्रदेशमा गंगाराम पाध्यायलाई दिइएको छ।
प्रदेशमा तोकिएका संयोजकहरूले आगामी महाधिवेशनसँग सम्बन्धित निर्वाचन प्रक्रिया व्यवस्थित र सहज बनाउन प्रदेशस्तरमा आवश्यक समन्वय गर्नेछन्।










Facebook Comments